काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको चुनाव आज हुँदै छ । क्यानले बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरेको छ ।
विधान र नियमअनुसार ८६ जना मतदाता हुनुपर्नेमा विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।
झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि विवाद भएको कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका हुन् ।
चुनावी प्रक्रिया आज बिहान ८: १५ सुरु हुनेछ ।