काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते हुने भएको छ । अधिवेशन काठमाडौं नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने क्यानले जनाएको छ ।
यस अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।
केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ ।