काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । एसिया कप खेलेर नेपाल फर्केको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरुले टोलीलाई स्वागत गरेको हो ।