April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: आज नेपाल र युएई भिड्दै

1.2K

काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले समूह चरणको अन्तिम खेल आज युएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेदेखि सुरु हुने छ ।

समुह ‘ए’ बाट नेपाल र युएई सेमिफाइनलमा पुगिसकेका छन् । यस खेलबाट भने समुह विजेताको टुंगो लाग्ने छ । अहिले दुवैले यसअघि खेलेका चारै खेल जितेपनि नेट रनरेटको आधारमा युएई शिर्ष स्थानमा रहेको छ ।

मलेसियामा जारी खेलमा नेपालले यसअघि कतार, मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको छ । सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

Advertisement