April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल भारतसँग १० विकेटले पराजित

1.6K

काठमाडौं । एसिया कपमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ । यससँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टाएको हो ।

रोहित र गिलले नेपालको चुनौतीलाई सजिलै पन्छाएका थिए । रोहित ७४ र गिल ६७ रन बनाउँदै अविजित रहे । रोहितले ३७ र गिलले ४७ बलमा अर्धशतक पूरा गरेका थिए । रोहित र गिल वर्षापछि नेपाली बलरमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए । रोहितले ५९ बल खेली ६ चौका र ५ छक्का तथा गिलले ६२ बल खेली ८ चौका र १ छक्का प्रहार गरे ।

Advertisement

बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको नेपाल समूहचरणबाटै बाहिरिएको छ ।