April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालद्वारा बहराइन १० विकेटले पराजित

2.5K

काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएको थियो । ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा लक्ष्य पुरा गर्यो ।

मलेसियामा जारी खेलमा बहराइनविरुद्ध रबाफिलो जित दर्ता गर्नेक्रममा नेपालकी कविता कुवँरले १४ बलमा ३ चौकासहित नटआउट १७ रन बनाइन भने र सीता रानामगरले नट आउट रहँदै २ रन बनाइन् भने बाँकी रन अतिरिक्तमा पायो ।

Advertisement

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।