December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

805

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको टोलीसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

Advertisement

नेपालले आज बुधवार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ। एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बुधवार नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् । 

नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।