July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

महिला टी–२० आई सिरिज: फाइनल उपाधीका लागि आज नेपाल हङकङसँग खेल्दै

835

काठमाडौं । महिला टी–२० आई सिरिजको फाइनल उपाधीका लागि आज नेपालले हङकङसँग खेल्दै छ । अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।

शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको हो।

नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०।८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

Advertisement

हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानको लागि शनिबारनै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।