April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

2.3K

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै खड्काले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले प्रदेशका ४ जिल्लाका अध्यक्षको समर्थनसहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनलाई काठमाडौं , ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला अध्यक्षको समर्थन रहेको छ ।

खड्काले २०७८ साल साउन १९ गते अन्तराष्ट्रिय क्रिकेट बाट सन्यास लिएका थिए । 

Advertisement