April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल र भारतबीचको दृष्टिविहीन टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल विजयी

1.3K

काठमाडौं । नेपाल र भारतबीचको दृष्टिविहीन टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

नेत्रहीन क्रिकेट संघको आयोजनामा पोखरामा सुरु सिरिजको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

भारतका लागि गंगाभाले सर्वाधिक ७२ रन बनाइन् । सिमु दासले २६ रन जोड्दा अरु ब्याटरको प्रदर्शन उल्लेख्य रहेन । नेपालका लागि निशा चौधरीले १ विकेट लिँदा भारतका ६ जना ब्याटर रनआउट भए । १ सय ७४ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनिता पुनले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ५७ बलमा १७ चौका प्रहार गर्दै १ सय ११ रन जोडिन् ।

Advertisement

सिरिजअन्तर्गत दोस्रो खेल बुधबार पोखरा रंगशालामा हुनेछ । दोस्रो खेलपछि ३ खेल भने काठमाडौंको मुलपानी क्रिकेट मैदानमा खेलाइने जनाइएको छ । वैशाख १५, १६ र १७ मा मुलपानीमा खेल हुने तालिका छ ।

सिरिज विजेताले ७५ हजार नगद पुरस्कार पाउने छ भने उपविजेताले ४५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।