January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

चुनाव सम्पन्न गर्न वातावरण बनाउन दलहरूलाई स्वास्थ्यमन्त्री शर्माको आग्रह

२०८२ कार्तिक २४

745

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलहरूलाई आवश्यक वातावरण सिर्जना गर्न आग्रह गरेकी छन् । भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो आग्रह गरेकी हुन् ।

शान्ति सुरक्षा कायम गरेर सरकारले निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताउदै उनले राजनीतिक दलहरूलाई पनि सक्रिय हुन आग्रह गरेकी हुन् ।

mostbet

सरकारको मुख्य कार्यभार निर्वाचन गर्नु रहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनाउन आवश्यक रहेको बताईन् ।

Advertisement

निर्वाचन समयमै सम्पन्न हुनेमा विश्वास दिलाउँदै आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन समेत उनले आग्रह गरेकी छन्

मन्त्री शर्माले वर्तमान सरकारले जेन–जी आन्दोलनले दिएको म्यान्डेटअनुसार सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताइन् ।