April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र

3.2K

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।

अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पार्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइएको र त्यसैलाई मान्यता दिइने समेत स्पष्ट पारेका छन् । 

बिहीबार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको थियो । चारैजना केही दिनअघि लुम्बिनी प्रदेश सरकारमा सामेल भएका थिए ।

Advertisement