April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

महानगर प्रहरीले पत्रकारलाई गरेको आक्रमण प्रति पत्रकार महासंघको ध्यानाकर्षण

२०८० फाल्गुन १७

1.3K

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले पत्रकारलाई आक्रमण गरेको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ । समाचार संकलन गर्ने क्रममा नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले आक्रमण गरेको भन्दै महासंघले ध्यानाकर्षण गराएको हो । 

महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

फागुन १६ गते बुधवार साँझ काठमाडौंको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको अवस्थामा भिडियो खिचिरहेका पत्रकार पोखरेललाई नगर प्रहरीले आक्रमण गरेको नेपाल पत्रकार महासंघ प्युठानले जनाएको छ । उनले परिचयपत्र देखाउँदा देखाउँदै पनि पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरूसमेत जफत गरेको शाखाले जनाएको छ ।

Advertisement