ललितपुर । थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउन काठमाडौं महानगरपालिकाले डोजर पठाएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको भन्दै महानगरपालिकाले पोष्ट रहेको भौतिक संरचना हटाउन महानगरको टोली थापाथली पुगेको हो ।
नगर प्रहरीसहितको टोली थापाथली पुग्दा ट्राफिक पोष्टमा भने नेपाल प्रहरीले सुरक्षा गरिरहेका छन् ।
यहाँ २०३० सालदेखि ट्राफिक प्रहरी पोष्ट सञ्चालन हुँदै आएको थियो ।
शुक्रबारमात्रै यस क्षेत्रमा रहेका संरचनाहरू खाली गर्न सूचना जारी गरेको महानगरले यसअघि १२ मंसिर २०७९ मा पनि थापाथली क्षेत्रको बस्ती खाली गराउने प्रयास गरेको थियो । त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरपालिकाको टोलीले बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रर्दशनमा उत्रिएका थिए ।