April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

अभियन्ता ‘ईः’ र काठमाडौं महानगरपालिकाबीच चार बुँदे सहमति

1.4K

काठमाडौं। उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौं महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै १९९ घण्टादेखि काठमाडौं महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका ईःले सहमतिसँगै आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेको छन् । 

फुटपाथ व्यवसायीको हक र अधिकारका लागि धर्मा सुरू गरेका उनी र महानगरबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ । 

यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगरपालिकाका तर्फबाट तीनजना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ । उक्त समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ । 

Advertisement

यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थानबाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले एकहप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।