March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा तीस जना घाइते

1.4K

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा तीस जना घाइते भएका छन्।बिहीबार चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा जलवीरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको हो ।

प्रहरीका अनुसार इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरेको छ। घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement