March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

धादिङमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु

२०८१ फाल्गुन १४

435

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्यांकर लिएर गएको ट्याक्टर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

प्ररहीका अनुसार गएराति भएको दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो ।

घाइते हुनेमा गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङ रहेका छन् । उनीहरुलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो ।

ट्याक्टरमा चार जना चढेका थिए । ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।