March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

मनकामना मन्दिर गएर फर्किएको माइक्रो दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

२०८१ फाल्गुन १९

1.7K

काठमाडौं । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आइतबार मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो ।

मनकामनाबाट आँबुखैरेनी तर्फ हिँडेको ‘अन टेस्ट ईभी’ माइक्रो शहिद लखन गाउँपालिका–३ कान्टारमा दुर्घटनामा चितवन, खैरहनी नगरपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

pinup pin up pin up pinup

दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गर्दा माइक्रो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Advertisement

चालकसमेत रहेका चितवन खैरहनी नगरपालिका–२ टाँडी पर्साका २६ वर्षीय सुमित चौधरी, सोही ठाउँकी ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षका रितेश परियार, १३ वर्षका सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्जिता आले, ३५ वर्षीया प्रमिला राना घाइते भएका छन् ।

त्यस्तै ४३ वर्षीया विमला परिया, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेश परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार पनि घाइते भएका छन् ।

घाइतेहरूको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । माइक्रो सडकबाट करिब १५ मिटर खोंचमा खसेर दुर्घटनामा परेको थियो ।