April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

नेपाली जनप्रगतिशील मन्च युरोपको ५ औँ अधिवेशन मार्च १७ र १८ मा

1.8K

काठमाडौं । नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोपको ५ औँ अधिवेशन मार्च १७ र १८ मा हुने भएको छ । एनपीपीएफ युरोप कमिटीको हालै बसेको १५ औँ पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

स्पेनको बार्सिलोना सहरमा हुने अधिवेशनले एनपीपीएफ युरोपको नयाँ नेतृत्व निर्वाचित गर्नेछ । एनपीपीएफ प्रवासमा रहेका नेकपा (माओवादी केन्द्र) का शुभेच्छुकहरुको संगठन हो ।

अधिवेशन भव्य रुपमा गर्नको लागि तयारी भइरहेको र अधिवेशनमा युरोपका डेढ दर्जनभन्दा बढी देशबाट एनपीपीएफका प्रतिनिधीहरु सहभागी हुने एनपीपीएफ युरोपका कार्यवाहक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले बताए । भेलामा विचार र नीतिमाथि त बहस हुनुका साथै परदेशमा नेपालीहरुले भोगेका समस्या बारेमा पनि छलफल गर्ने बताइएको छ ।

Advertisement

अधिवेशन उद्घाटनको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्ने समेत बैठकले निर्णय गरेको छ ।

एनपीपीएफ युरोपको अधिवेशनमा नेकपा माओवादी केन्द्रका प्रवास इन्चार्ज राम कार्की ‘पार्थ’ र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा सहभागी हुने जनाइएको छ ।