June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

जनप्रगतिशील मंच युकेको सल्लाहकारहरु र राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन

3.2K

लन्डन। जनप्रगतिशील मंच बेलायतको १२ डिसेम्बर २०२१ का दिन सम्पन्न अधिबेशन पश्चात बसेको मंचको प्रथम बैठकले नौ जना सल्लाहकारहरुको चयन गरेको छ।


अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले विभिन्न महत्वपुर्ण बिषयहरुमा छलफल र निर्णय गरेको थियो। मंचले निवर्तमान अध्यक्ष सुरेश गौतम लगायत पार्टीका पुर्व अध्यक्षहरु र अन्य बिशिष्ठ व्यक्तित्वहरुको योगदानको उच्च मुल्यांकन गर्दै सुरेन्द्र श्रेष्ठ, रन खाती क्षेत्री, कमानसिङ कर्मा पहाडी शेर्पा, इश्वर श्रेष्ठ, मिनु शाक्य श्रेष्ठ, ठाकुर शर्मा, पदम राई र इश्वर रिजाललाई सल्लाहकार चयन गरेको छ।


बैठकले २०७८ पौष ११ -१३ मा हुन गईरहेको माओवादी केन्द्रको “प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन” का लागि जनप्रगतिशील मंच युरोप क्षेत्रको पाँच प्रतिनिधिहरुमा बेलायतका प्रतिनिधि मंचका उपाध्यक्ष तुल छन्त्याललाई चयन गरेको छ। छन्त्यालले पार्टीले आफु प्रति गरेको कदर र विश्वासले थप जिम्मेवारी बोध गराएको र आफु सधैं संगठनको हितका लागि तत्पर रहेको, भनेका छन्।

Advertisement


करिब एक महिना पछि हुने कमिटिको अर्को बैठकले विभिन्न विभागहरु गठन गर्ने कुरा अध्यक्ष मान बहादुर गुरुङले नेपालमामिलालाई जानकारी दिए।