April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजसंस्थाको एजेण्डा बोकेका रवीन्द्र मिश्र लेख्छन् :‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’

2.5K

काठमाडौं । राप्रपामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । मुलत उनी राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै जनतामाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने बताउँदै उनले आफूले भोट नपाए पनि जनतालाई धन्यवाद दिने बताए ।

विवेकशील साझा पार्टी परित्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका उनले शनिबार सामाजिक संजालमार्फत परिवर्तन हेरेरै मर्ने पनि बताएका छन् ।

Advertisement

शुक्रबारको कार्यक्रमबारे उनले लेखेका छन्,‘जुन उत्साहका साथ हामी जोडिएका छौँ र जुन न्यानोपनका साथ सभागृहको टनाटन हलमा स्वागत गर्नुभयो, त्यसबाट नेपालको राजनीति र समाजलाई ठिक र रूपान्तरणकारी दिशामा ल्याउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो,परिवर्तन हेरेरै मर्ने हो !’