November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

दुर्गा प्रसाईंले गर्ने भनिएको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता

280

काठमाडौं । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिएको छ। 

शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तापछि आजदेखि हुने भनिएको हड्ताल फिर्ता लिइएको हो ।

वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई र सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो

Advertisement