काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियाका विभिन्न सहरहरूमा हुने कार्यक्रममा भाग लिन गए राति मेलवनतर्फ प्रस्थान गरेका हुन्।
मेलवर्नमा राप्रपानिकट प्रवासी नेपाली संगठन पानस अष्ट्रेलियाको भेला छ । उक्त भेलालाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्नेछन्। साथै त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तर्क्रिरया गर्ने कार्यक्रम रहेको छ ।
सिड्नीमा एनआरएनए, झापाली समाज अष्ट्रेलियालगायत विभिन्न संघसंस्था र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।
अध्यक्ष लिङ्देन, प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की अष्ट्रेलिया गएका हुन् ।
अध्यक्ष लिङ्देन भदौ १० गते स्वदेश फर्किने कार्यक्रम छ।