November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ: गगन थापा

195

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा पार्टी निर्वाचनमा नजाने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्ने उद्घोष गरेका हुन् ।

अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने भएकाले नयाँ सभापतिको हस्ताक्षर जाने बताउदै उनले लेखेका छन्, – ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ – पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने; होइन।अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’ 

यही कारणले निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन भनेको उल्लेख गर्दै उनले अलमल नपर्ने आग्रहसमेत गरेका छन्।

Advertisement

आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका छन् ।शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । आयोगमा सभापति देउवाको हस्ताक्षर रहने उल्लेख छ।