April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

समर्थन फिर्ता र अविश्वास प्रस्ताव दर्ताबारे माओवादीले गर्यो कानुन व्यवसायीसँग छलफल

2.1K

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले कानुन व्यवासायीहरूसँग छलफल गरेको छ। माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार स्थायी कमिटी सदस्यहरूले कानुन व्यवसायीसँग अनौपचारिक छलफल गरेका हुन्।

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालको फैसलाको पुनरावलोकनमा जाने, सरकारलाई दिएको समर्थन फिर्ता, अविश्वास प्रस्ताव दर्तालगायका विषयमा कानुन व्यवासयीसँग अनौपचारिक छलफल भएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवाद मुद्दामा फैसला सुनाउँदै एमाले र माओवादी केन्द्रको एकता भंग गरिदिएको थियो। दुई पार्टीको एकता हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका थिए। 

Advertisement