November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, ३० जनाको मृत्यु

1.2K

काठमाडौं । भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी ‘अपरेशन सिन्दूर’ नामक मिसाइल आक्रमण गरिएको भारतीय सेनाले जनाएको छ ।

‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो’, भारत सरकारले जारी गरेको बयानमा भनिएको छ ।

भारतीय संचार माध्यममा उल्लेख गरिएअनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको छ ।

Advertisement

रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरु आएका छन् ।

पाकिस्तानले २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि हमला गरेको थियो । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।