November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कसैलाई प्रधानमन्त्री बनाउछु भनेको छैन: केपी ओली

2.6K

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुले कसैलाई पनि प्रधानमन्त्री बनाउने कुरा नगरेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलिले अन्य कुनैपनि पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताएका हुन्

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन् । मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै उने अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए । तर नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए ।

यस्तै, स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।

आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने अध्यक्ष ओलीले बताए ।

Advertisement