November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको प्रचण्डको भनाइ

2K

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् । आइतबार काठमाडौंमा
पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने बताएका हुन् ।

अध्यक्ष दाहालले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजोर बनाउने प्रयास भइरहेको छ,आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं ।’, अध्यक्ष दाहालले भने ।

अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको दाहालले बताए । कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए ।

Advertisement

यस्तै, उनले पार्टी र कर्मचारी संगठनबीच राम्रो सम्बन्ध नभए समाजवादको यात्रा कमजोर हुने तर्क गरे ।