November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौंको कोटेश्वरमा तीनवटा सवारी आपसमा ठोक्किदा एकजना घाइते

1K

ललितपुर । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका छन् ।

आज बिहान करिब सवा ६ बजेतिर भएको दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरी जनाएको छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement