March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

मध्यरातमा एटिएम तोडफोड गर्ने ज्ञानेन्द्र ठकुरी पक्राउ

1.1K

काठमाडौं । मध्यरातमा काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट एक जनालाई प्रहरीले पक्रेको हो ।

कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचना पछि खटिएको प्रहरी टोलीले नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरीलाई पक्राउ गरेको हो ।

ठकुरीले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटटाएका थिए । उनले मापसे समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

Advertisement