March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पाँचथरको फालेलुङ गाउँपालिकामा सप्ताहव्यापी रेबिजविरुद्धको खोप अभियान

685

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा रेबिजविरुद्धको सप्ताहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ । पशु सेवा शाखा, दीप ज्योति युवा क्लब र रेडपान्डा नेटवर्कको आयोजनामा फालेलुङ गाउँपालिकामा रेबिज विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हो ।

कुकुर, बिरालो लगायत घरपालुवा जनवारलाई लक्षित गरी रेबिज विरुद्धको खोप अभियान अन्तर्गत वडा नं. १ खुँगा कुटिडाँडा केन्द्रमा ४४ वटा कुकुरलाई रेबिज विरुद्ध खोप लगाइएको छ। यसै गरि वडा नं. २ को पञ्चमुखी केन्द्रमा ३ बिरालो र ५८ कुकुर गरी ६१ कुकर– बिरालोमा रेबिज विरुद्धको खोप लगाइएको छ ।

असोज ७ गतेदेखि सुरु भएको खोप अभियान असोज १२ गतेसम्म चल्ने बताइएको छ। फालेलुङ गाउँपालिकाको ८ वटै वडामा खोप अभियान सञ्चालन गरिने दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा राईले बताए ।

Advertisement