March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

1.1K


पाँचथर । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मंगलबार मेची राजमार्गस्थित फिदिम २ कृष्ण मन्दीर छेउमा भएको दुर्घटना भएको हो ।

घाइतेमध्ये एकजनाको मृत्यु भएको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । २ जना घाइतेलाई थप उपचारकोलागी झापा रेफर गरिएको छ । बाँकी घाईतेहरुको उपचारका पाँचथर अस्पताल भइरहेको छ । र्दुघटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।

मे १ ज १९४१ नम्बरको ट्याक्सी सडकदेखि करिब २०० मिटर तह झरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी घाइते भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका छन् । घाइतेहरुको अहिले पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका सुचना अधिकारी प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।