March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

वडाध्यक्षका उम्मेदवारको सर्जकहरुसगँ अन्तरक्रिया

3.7K

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले बराहक्षेत्रमा रहेर साहित्य सिर्जनामा समर्पित सर्जकहरुसँग अन्तरक्रिया गरेका छन् । निवर्तमान वडाअध्यक्ष समेत रहेका उम्मेदवार दाहालले शनिबार बराहक्षेत्र–३ को वडाकार्यालयमा बराहक्षेत्रभरि रहेका कवि सर्जकहरुलाई निम्त्याएर सर्जकहरुको अवस्था र उनीहरुका निम्ति आफूले गर्न सक्ने विषयमाथि अन्तरक्रिया गरेका हुन् ।

उपस्थित सर्जकहरुले नगरपालिका स्तरीय साहित्यिक प्रतिष्ठान स्थापना, वार्षिक रुपमा लिट्रेचर फेस्टिभलको आयोजना, बराहक्षेत्रभरि रहेका मातृभाषाहरुको संरक्षणको श्रोत व्यवस्थापन र आजसम्म प्रतिष्ठानसरह रहेर काम गरिरहेको स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३ को भवन निर्माण गरिदिन आग्रह गर्दै हिजो वडाध्यक्षको कार्यकालमा कला र साहित्यलाई गरेको साथ र सहयोगप्रति कृतज्ञता समेत प्रकट गरे । साथै स्वर्णिम साहित्य समाजले Ôस्वर्णिम साहित्य पुरस्कार तथा सम्मानÕका निम्ति खडा गरिएको अक्षयकोषको जानकारी पत्र पनि उम्मेदवार दाहाललाई बुझाएको थियो ।

सर्जकहरुले उठाएका प्रसंगहरुमाथि बोल्दै वडाअध्यक्षका उम्मेदवार दाहालले सर्जकहरुले आफूलाई वडाअध्यक्षमा निर्वाचित गराएको खण्डमा साहित्य सिर्जनामा अझ नयाँ योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

अन्तरक्रियामा कवि रविन्द्र केदेम, सुर्य तामाङ, छविना लुङ्गेली, छविलाल चौधरी, पहलमान बस्नेत, गजलकार शारदा निरौला, लक्ष्मण कट्वाल, शिक्षासेवी शरण लिम्बु, शुभेच्छुक मोहन सुब्बा लगायतका सर्जकहरुको उपस्थिति रहेको थियो । पत्रकारहरु आदेश गौतम, रमेश हतुवालीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले गरेका थिए ।