November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

620

काठमाडौं । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ निर्णय गरेको छ ।

यी हुन् बुँदागत रूपमा मन्त्रिपरिषद्का ९ निर्णयः

१. जेन–जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन ।

Advertisement

२. राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त ।

३. नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त ।

४. सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीको सरुवा ।

५. आन्दोलनमा भएको क्षतिको मूल्यांकन गर्न समिति गठन र पुनर्निर्माण कोष गठन गर्ने ।

६. आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन र औजार लिलाम गर्ने ।

७. तीन करोडभन्दा कम लागतका योजना अघि नबढाउने ।

८. जेन–जी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था ।

९. सरकारी खर्चमा व्यापक कटौती गर्ने ।