काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो ।
लामिछानेको मुद्दा हाल हेर्दाहेर्दैमा छ। बिहीबार बिहान १० बजे पुनः अदालतमा उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको बताइएको छ ।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको हो।
सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरे। जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्ले बहस गरेका थिए।
अब बाँकी जाहेरवालाका तर्फका वकिल र रवि लामिछानेका वकिलहरूले बिहीबार बहस गर्नेछन्।