March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

भैरवकुण्ड आसपास केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

२०८१ फाल्गुन १६

505

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी शुक्रबार बिहान २:५१ मा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने प्रदेश १, मधेस प्रदेश हुँदै भारतको सिक्किममा पनि धक्का महसुस गरिएको थियो।

Advertisement

भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।