काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्द सूचीबाट कृष्णबहादुर महराको नाम हटाएको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा १ नम्बरमा रहेको उपाध्यक्ष महराको नाम महराकै आग्रहमा समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ ।
माआवादी केन्द्रका अनुसार खस आर्यबाट १ नम्बरमा रहको उनको नाम महराले नै ‘मलाई राख्न पर्दैन हटाइदिनुस्’ भनेपछि हटाइएको हो । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । त्यसलगत्तै महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै, आफूले धेरैपटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार रहेको बताएका थिए ।
महरा २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए भने २०७४ पछि सभामुख पनि बनेका थिए ।