काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा भएको गठबन्धनले कांग्रेस र एमालेलाई नै फाइदा भएको बताए ।
‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहो¥याउनेसमेत बताए ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको समेत दाबी पनि गरे । पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको पुष्टि भएको उनले बताए ।