April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्योः सांसद शर्मा

२०८१ फाल्गुन १३

795

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारले संसद्मा बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समितिबाट पारित भएको विधेयकसमेत मन्त्रीले संशोधन गरेको आरोप लगाएकी हुन् ।

सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको पनि सांसद शर्माको आरोप छ । ‘संसदीय समितिबाट पारित विधेयक मन्त्रीबाट संशोधन हुन्छ । संसद्मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन्’, उनका आरोप छ ।

Advertisement

संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने उनको धारणा थियो । उनले थपिन्, ‘प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नहरूको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।’