March 13, 2025, Thursday
२०८१ चैत्र १
1:37:26 pm

रवि लामिछानेले टेलिभिजन छाडे, अब राजनीतिमा आउने

2.1K

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजन छाडेको घोषणा गरेका छन् । सामाजिक संजालमार्फत एउटा भिडियो सार्वजनिक गर्दै उनले अब राजनीतिमा आउने घोषणा गरेका छन् ।

राजनीतिमा होमिने लक्ष्यका साथ हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् ।

उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् तर अब पूर्णकालिन राजनीतिमा आएको बताएका छन् । सामाजिक संजालमा पोष्ट गरिएको भडियोमार्फत उनले यहि असार ६ गते दिनको १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने बताएका छन् ।

Advertisement

न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका लामिछानेले उक्त कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गरेका बताएका छन् ।