काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज देशभर प्रदर्शन गर्ने भएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले देशैभर प्रदर्शन गर्न लागेको हो।
पोखरामा बिहान ११ बजे मानव अधिकारचोकमा विरोधको कार्यक्रम हुने जनाइएको छ । रास्वपा गण्डकी र कास्कीले विरोध कार्यक्रमको आयोजना गरेका हुन्।
सभापति लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएको आरोप छ । संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
शुक्रबार काठमाडौंस्थित पार्टी कार्यलयबाट पक्राउ परेका रविलाईनसडकमार्ग हुँदै शनिबार बिहानपख कास्की पुर्याइएको हो । उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन्।