April 27, 2025, Sunday
२०८२ बैशाख १५
11:33:25 pm

बालेन साहको मत झण्डै ४० हजार

1.3K

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता रहेको छ भने नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो र एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन् ।

सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साह काँग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।

Advertisement

वडा नम्बर ७, ९, १०, ११, १२, २३? २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी छ ।