November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान

1.5K

काडमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । भारतीय समाचाहरुमा उल्लेख भएअनुसार बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको हो ।

‘लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा केही फायरिङ भएको थियो । यो फायरिङको जबाफी हो,’ भारतीय सैनिक स्रोतले एनडिटिभीसँग भनेको समाचारमा उल्लेख छ ।

भारतको जम्मू–कश्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेको थियो । गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।

Advertisement