November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सरकार परिवर्तन हुँदैन: देउवा

1.2K

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन् । थाइल्याण्डबाट आज स्वदेश फर्किएका देवाले काठमाडौं एयरपोर्ट ओर्लिनेबित्तिकै सभापति एमालेसँगको सत्ता समिकरण चेञ्ज नहुने दाबी गरेका हुन् ।

उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिए । गठबन्धन परिवर्तन हुने कुरा बारे आफूलाई थाहा नभएको उनले बताए।

यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको बताइन् । त्यसमा कुनै सत्यता नभएको उनको प्रतिक्रिया छ ।

Advertisement

थाइल्याण्ड बसाईको क्रममा सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटवार्ता नभएको उनको प्रष्टोक्ति थियो । उनले भनिन, ‘यो उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन ।’

स्वदेश फर्किनुअघि हिजोमात्रै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनवार्ता गरेको मन्त्री राणाले खुलाईन् ।

देउवाको स्वागतको लागि उपप्रधानमन्त्री प्रकाशमा सिंह र पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए ।