April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

1.4K

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

आन्दोलनको क्रममा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

mostbet

यस्तै, निषेधित क्षेत्र तोड्ने प्रयास र ढुंगा प्रहार गरेपछि एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आन्दोलनमा आज शिक्षकहरुले निषेधित क्षेत्र तोड्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेपछि एक जनालाई नियन्त्रणमा लिएको हो ।  

Advertisement

बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ ।