विराटनगर । संखुवासभामा भरुवा बन्दुकले लागेर एकजनाको मृत्यु छ । सभापोखरी गाउँपालिका-५ बाह्रबिसेमा ५२ बर्षीय युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बैशाख ११ गते साँझ सोही स्थानका ३२ बर्षीय तुफान लिम्बु, २८ बर्षीय चन्द्रमान लिम्बु र २५ बर्षीय कुमार लिम्बु बाँदर खेदाउन गएका थिए । सोही क्रममा अचानक चिप्लिएर लड्दा तुफान लिम्बुले बोकेको भरुवा बन्दुकले कुमार लिम्बुको कम्मर भन्दा मुनिको भागमा लागि घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न दुबै जनालाई इलाका प्रहरी कार्यालय वानाले नियन्त्रणाम लिई थप अनुसन्धान भईरहेको छ ।