January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

साहित्यकार दाजु गुरुङको दोस्रो कथा सङ्ग्रह ‘लाई–सी’ विमोचित

3.9K

काठमाडौं । साहित्यकार दाजु गुरुङको दोस्रो कथा सङ्ग्रह ‘लाई–सी’ विमोचित भएको छ । शनिबार बत्तिसपुतलीस्थित होटल तपसमा विमोचन भएको हो । गुरुङको पहिलो सङ्ग्रह ‘टाँकीका फूलहरू’ प्रकाशीत छ ।

विमोचन समारोहमा बोल्दै साहित्यकार विना थिङले दाजु गुरुङको पुस्तकहरूमा एकपछि अर्कोमा प्रगति भएको बताएकी छन् । ‘वहाँका पुस्तकहरू जुन रफ्तारमा आइरहेका छन्, एकपछि अर्को गर्दै प्रगति भएको पाइन्छ ।’, विनाले भनिन् ।

अघिल्लो सङ्ग्रह ‘टाँकीको फूल’ कमजोर हैन तर हतारमा अर्को सङ्ग्रह ल्याउदा पहिलेको तुलनामा खस्किएर आउछन्’, उनले थपिन् । त्यसैगरी उनले दाजु गुरुङले लेखनमा पराम्परागत मान्यतालाई भत्काएको पनि बताइन् । ‘लाई–सी’मा वैदेशिक रुपमा पलायन भएपछिको मानवीय कठिनाइ, प्रेम र आरोह अवरोह पाइने उनको भनाइ छ । कथामा मानवीय समवेदना भएको पनि उनले बताइन् । ‘लाई–सी’को अर्थ चीनिया भाषामा खामभित्र केही लगाएर दिनु भन्ने भएको हुँदा लाई–सी साहित्यिक ‘लाई–सी’ भएको उनले बताइन् ।

Advertisement

त्यसैगरी उनले दाजुले लेखनका केही पक्षहरू सुधार गर्नुपर्ने सुझाइन् । ‘म पात्र, कतिपय ठाउँमा नाम समेत आफ्नै, सबै प्रथम पुरुषमा भएको हुँदा मोनोटोनस हुने संभावना रहेकोले अबका कथाहरूमा धार परिवर्तन गर्ने हो कि ?’, उनले भनिन् ।

साहित्यकार विना थिङ

साथै कथाको पुरुष पात्रले आफूलाई आदर्श पुरुषको रुपमा मात्रै उभ्याएको हुँदा आफ्नो पनि आत्मासमीक्षा गर्नुपर्ने सुझाइन् ।

साहित्यकार ज्ञानु अधिकारीले नाम सुन्ने बित्तिकै उत्सुकता जनाएको बताइन् । भित्र रातो नभएर सेतो खाम रहेको र जसलाई समर्पण गरिएको छ त्यसैलाई केन्द्र बनाइएको अधिकारीको भनाई थियो । गहन तरिकाले लेखिएको पुस्तकमा मसिनो कुराहरू आएको र सरल तर गम्भीर भएको अधिकारीले बताए । कथा पढ्दै जाँदा कतै डायरी पढेजस्तो लाग्ने पनि उनको भनाई थियो ।

प्राज्ञ केसव सुवेदीले यस कृतिले आफूलाई आकर्षण गरेको बताए । डायस्पोराको जीवनकथालाई समेट्ने कथा रहेको बताए ।

त्यसैगरी शसस्त्र प्रहरीका पूर्व आइजिपी दुर्जकुमार राईले २०३६ सालदेखिको मित्रता रहेको बताए । पछि महेन्द्र क्याम्पसान प्राध्यापनसमेत गरेका गुरुङ हङकङ जानुभयो भनेपछि आफू अचम्ममा परेको राईले बताए । नेपालमा धेरै राम्रो गर्न सक्ने क्षमता भएको मान्छे त्यहाँ गएर त्यसरी काम गर्नुपर्छ भने अन्य सर्वसाधारणको के होला ? राईको प्रश्न थियो ।

दाजु गुरुङ

साहित्यकार नवराज खतिवडाले दाजुले हङकङमा बसेर नेपाललाई गर्ने मायाको आभास पुस्तकमार्फत दिएको विचार व्यक्त गरेका थिए । प्राडा इन्द्रबहादुर कार्कीले दाजु आफ्नो ३०३६ सालदेखिकै साथी भएको बताउदै नेपाल जवानहरूको देश भएको बताउदै अब युवाहरुले साहित्यिक कृति पढ्नुपर्ने बताए ।

पुर्वराजदुत उदयराज पान्डेले साथीको कृतिमा ऐक्यबद्धता जनाउन आएको बताए । कथाहरू उत्कृष्ट रहेको र आफू पनि हङकङ जाने आउने गरेको हुँदा हङकङको जीवनलाई उत्कृष्ट तरिकाले उतारेको बताए ।

प्रमुख अतिथि निर्वाचन आयोगका आयुक्त दिनेश कुमार थपलियाले टाँकीका फूलहरू पढिसकेको बताए । दाजुलाई ४ दशक अघि कवि गीतकारको रुपमा चिनेका कोरङ्गी सर साहित्यको आकासमा कथा संग्रह लिएर आएको महसुस गरेको बताए । टाँकीका फूलहरू बुझेपछि मात्रै यस कथालाई बुझिने हो कि भन्ने बताए ।

निर्वाचन आयोगका आयुक्त दिनेश कुमार थपलिया

फेदीबाटै शिखर चडेको हुनाले फेदीको मान्छेलाई नभुल्ले उल्लेख गरे । दाजु पनि फेदिबाटै उठेको र आफ्नै मिहिनेतले यो ठाउँमा पुगेको बताए । लाइसी टाँकीको फूलबाट परागसेचन गरिएको पनि बताए ।

दाजु गुरुङले भुइँमान्छे पलायन हुने बताए । भोगिरहेको समयलाई लेख्ने प्रयास रहेको दाजुको भनाई थियो । एउटा कथा लेख्दा धेरैदिन लाग्ने भएकोले कहिलेकाही शब्द दोहोरिएको स्वीकार गरे ।

कार्यक्रमको सभापतित्व गरेका सभ्यता अनुसन्धान केन्द्रका शशि लुमुम्बुले सबैजनालाई धन्यवाद दिएका थिए । दाजु गुरुङ कथाकार मात्रै नभएर राम्रो कवि र गीतकार भएको बताए ।