काठमाडौं । साहित्यकार दाजु गुरुङको दोस्रो कथा सङ्ग्रह ‘लाई-सी’ विमोचित भएको छ । सङ्ग्रह शनिबार बत्तिसपुतलीस्थित होटल तपसमा विमोचन भएको हो । गुरुङको पहिलो सङ्ग्रह ‘टाँकीका फूलहरू’ प्रकाशीत छ ।
विमोचन समारोहमा बोल्दै साहित्यकार विना थीङले दाजु गुरुङको पुस्तकहरूमा एकपछि अर्कोमा प्रगति भएको बताएकी छन् । ‘वहाँका पुस्तकहरू जुन रफ्तारमा आइरहेका छन्, एकपछी अर्को गर्दै प्रगति भएको पाइन्छ ।’, विनाले भनिन् । अघिल्लो सङ्ग्रह ‘टाँटीको फूल’ कमजोर हैन तर हतारमा अर्को सङ्ग्रह ल्याउदा पहिलेको तुलनामा खस्किएर आउछन्’, उनले थपिन् । त्यसैगरी उनले दाजु गुरुङले लेखनमा पराम्परागत मान्यतालाई भत्काएको पनि बताइन्।
‘लाई-सी’मा वैदेशिक रुपमा पलायन भएपछिको मानवीय कठिनाइ, प्रेम र आरोह अवरोह पाइने उनको भनाइ छ । कथामा मानवीय समवेदना भएको पनि उनले बताइन् ।
‘लाई-सी’को अर्थ चीनिया भाषामा खामभित्र केही लगाएर दिनु भन्ने भएको हुँदा लाई-सी साहित्यिक ‘लाई-सी’ भएको उनले बताइन् ।
त्यसैगरी उनले दाजुले लेखनका केही पक्षहरू सुधार गर्नुपर्ने सुझाइन्। ‘म पात्र, कतिपय ठाउँमा नाम समेत आफ्नै, सबै प्रथम पुरुषमा भएको हुँदा मोनोटोनस हुने संभावना रहेकोले अबका कथाहरूमा धार परिवर्तन गर्ने हो कि ?’, उनले भनिन् ।
साथै कथाको पुरुष पात्रले आफूलाई आदर्श पुरुषको रुपमा मात्रै उभाएको हुँदा आफ्नो पनि आत्मा समीक्षा गर्नुपर्ने सुझाइन्।