March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

यस वर्षको भोजपुर प्रतिभा सम्मान श्याम तमोट र पुरस्कार कविता राईलाई

२०७८ कार्तिक २८

2.8K

धरान । प्रत्येक दुई वर्षमा प्रदान गरिदै आएको “प्रतिभा सम्मान र प्रतिभा पुरस्कार –२०७८” संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गीतकार कवि श्यामतमोटलाई भोजपुर प्रतिभा सम्मान र लेखक कविता राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

भोजपुर साहित्य प्रतिष्ठानले दुई–दुई बर्षमा प्रदान गरिने सम्मान राशी रु. १०,००० अक्षरेपि (दश हजार रुपैयाँ) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशी रु. ३५,००० अक्षरेपी (पैतीस हजार) सहित ताम्रपत्र रहेको छ । श्याम तमोटले नेपाली सङ्गीतमा लामो समय योगदान दिएका छन् भने कविता राई नेपाली कवितामा अब्बल नाम हो । उनले यो सालको नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवको विजेता हुन् । प्रतिष्ठानले यसअघि साहित्यकार पुर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार सैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञान मणी नेपाललाई सम्मान गरि सकेको छ ।

पुरस्कार तर्फ भने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तावा, कवि विप्लक ढकाल, कवि विमल गीरी, धावीका मीरा राई, कवि तथा समालोचक पुर्ण ईन्फादा, गायक भिषण मुकारुङलाई प्रदान गरिसकिएको छ ।

Advertisement

सो सम्मान र पुरस्कार भव्य कार्यक्रमको आयोजना गरी प्रदान गर्ने जानकारी प्रतिष्ठानका अध्यक्ष दया कृष्ण राईले दिएका छन् ।