April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी जारी

3.5K

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकार विस्तारका विषयमा छलफल भइरहेको छ ।

आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंग्याउने बताइएको छ । सरकारमा अहिले माओवादी केन्द्रका दुई मन्त्री छन् ।

Advertisement

माओवादी केन्द्रका ४९ सांसद नै मन्त्री बन्ने होडमा लागेपछि आफू समस्यामा परेको बताएका अध्यक्ष प्रचण्डले आजको स्थायी कमिटीबाट नाम टुंग्याउने तयारी गरेका हुन् ।

यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् । अब माओवादी केन्द्रको भागमा बढीमा ५ मन्त्री पर्नेछन् ।

आजको बैठकमा संवैधानिक नियुक्ति, प्रदेश प्रमुखको परिवर्तन र पार्टीको सहभागिता लगायत विषयमा समेत छलफल हुने बताइएको छ । माओवादीको भागमा २ प्रदेश प्रमुख पाउने सत्ता गठबन्धन दलबीच सहमति भइसकेको छ ।

आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।